FAQs Complain Problems

समाचार

लैंगिक हिंसा अन्त्य गर्नका लागी महिला शसक्त हुन पर्छ ः मेयर मलासी कर्ण चन्द लैंगिक हिंसा अन्त्य गर्नका लागी महिलामा शसक्तीकरण आउन जरुरी रहेको दिपायल सिलगढी नगरपाकिलाको मेयर मञ्ज मलासीले बताउनु भएको छ । बोगटान फुड्सिल गाउँपालिकाको सहयोग तथा सामुदायिक प्र

लैंगिक हिंसा अन्त्य गर्नका लागी महिला शसक्त हुन पर्छ ः मेयर मलासी कर्ण चन्द

लैंगिक हिंसा अन्त्य गर्नका लागी महिलामा शसक्तीकरण आउन जरुरी रहेको दिपायल सिलगढी नगरपाकिलाको मेयर मञ्ज मलासीले बताउनु भएको छ । बोगटान फुड्सिल गाउँपालिकाको सहयोग तथा सामुदायिक प्रहरी सेवा केन्द्र डोटीको आयोजना गरिएको सामुदाय प्रहरी साझेदारी कार्यक्रममा बोल्दै मेयर मलासीले उक्त कुरा बताउनु भएको हो । महिलाले हिंसा सहेर बसेका कारण महिला माथी हुने हिंसा बढ्दै गएको मेयर मलासीले बताउनु भएको छ । महिलाले अपराध नियन्त्रणका लागी समाजिक कुरितीका बिरुद्धमा लडनका लागी महिलाले शाहस गर्नु पर्ने मेयेर मलासीको तर्क रहेको छ । समाजमा रहेका बिद्यमान कुरितीका बिरुद्धमा छाउपढी, बाल बिवाह, लैंगिक हिंसा, बहु बिवाह तथा घरेलु हिंसा लगाएतका घटना न्यूनिकरणका लागी प्रहरीको अगुवाईमा सामुदाय प्रहरी साझेदारी कार्यक्रम जिल्लाका बिभिन्न ठाउँमा हुँदै आएको छ । प्रहरीको आँखा नै नागरिक भएका कारण नागरिकको सहयोग बिना प्रहरीको मात्र अनुसन्धान सफल हुन नसक्ने जिल्ला समन्वय समिति डोटीका उप–संयोजक शसी सोवले बताउनु भएको छ । नेपालको संबिधानले छाउपढी प्रथालाई अपराधको स्वीकार गरेकाले त्यस्ता हानिकार प्रथा छोड्नु पर्ने डोटीका सहायक प्रमुख जिल्ला अधिकारी टेक नारायण पौड्यालले बताउनु भएको छ । भौतिक बिकास मात्र समग्र बिकास नभएका कारणले बोगटान फुड्सिल गाउँपालिकाले समाजिक कुरितीका बिरुद्धमा पनि अभियान संचालन गरेको अध्यक्ष कमलबहादुर गडसिलाले बताउनु भएको छ । नागरिकमा चेतना र दाईत्वमा बृद्धी नभएसम्मका लागी कुनै पनि ठाउँको बिकास हुन नसक्ने अध्यक्ष गडसिलाले बताउनु भएको हो । नागरिक पनि वर्दि बिनाको प्रहरी भएका कारणले अपराधका बिरुद्धमा सधैँ नागरिक र प्रहरी सधैँ एक साथ हुन पर्ने जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरिक्षक लालबहादुर धामीले बताउनु भएको छ ।

आर्थिक वर्ष:

गुगल नक्सा