समाचार
श्री खत्याडी माध्यमिक विद्यालय नमुना विकासका लागि छनौट
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय (माननिय मन्त्री स्तर) को मिति २०७७ /०३/३१ को निर्णय अनुसार यस बोगटान फुड्सिल गाउँपालिका वडा नं. ७ स्थित श्री खत्याडी माध्यमिक विद्यालय नमुना विकासका लागि छनौट भएको ब्यहोरा सम्पुर्ण आम जनसमुदाय लाई जनाकारीका लागि अनुरोध छ । डोटी जिल्लfको विकट क्षेत्र मानिने यस बोगटान फुड्सिल क्षेत्रमा रहेको डोटी जिल्ला मै पुरानो खत्याडी मा.वि. नमुना विकासका लागी छनौट हुनु हाम्रा लागि ठुलो उपलब्धि हो । यसले यस भेगमा शिक्षाको क्षेत्रमा आमुल परिवर्तन गर्नेछ ।
यस ऐतिहासीक कामका लागी सहयोग गर्नुहुने र विशेष पहल गर्नुहुने माननिय मुख्यमन्त्री श्री त्रिलोचन भट्ट ज्यू र विभागीय माननीय मन्त्रि ज्यू लाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु । यस अबसरमा सम्पुर्ण बोगटान फुड्सिल बासी लाई बधाईका साथ शुभकामना पनि ब्यक्त गर्न चाहन्छु ।