FAQs Complain Problems

फेरि भेटौँला कार्यक्रम

गुगल नक्सा

फेरि भेटौँला कार्यक्रम
बोगटान फुड्सिल गाउँपालिका, डोटीका प्रशासकीय अधिकृत आदरणीय श्री भरत बहादुर चन्दज्यूलाई हार्दिक बिदाइ तथा सम्मान।
मिति २०७६ सालदेखि आजसम्म गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत तथा प्रशासकीय अधिकृतको गरिमामय जिम्मेवारी निर्वाह गर्दै यहाँले प्रदर्शन गर्नुभएको इमान्दारिता, उच्च जिम्मेवारीबोध, निष्पक्षता तथा अटुट समर्पणभावप्रति हामी हार्दिक सम्मान तथा कृतज्ञता व्यक्त गर्दछौँ।
दुर्गम क्षेत्रको विकास, सुशासन प्रवर्द्धन, सेवा प्रवाहलाई प्रभावकारी बनाउने कार्य तथा स्थानीय सरकारको प्रशासनिक नेतृत्वलाई सबल र व्यवस्थित बनाउन यहाँले पुर्‍याउनुभएको योगदान अत्यन्त प्रशंसनीय र सदैव स्मरणीय रहनेछ। यहाँको कार्यशैली, अनुशासन, सहकार्यको भावना तथा नेतृत्वदायी भूमिकाले सम्पूर्ण कर्मचारी तथा जनप्रतिनिधिहरूलाई प्रेरित गरेको छ।
बिदाइका यी भावनात्मक तथा अविस्मरणीय क्षणहरू कार्यालय परिवारसँगका केही अमूल्य स्मृतिहरूमा सदैव जीवन्त रहनेछन्। आगामी कार्यजीवन अझ सफल, सम्मानित, प्रगतिशील तथा उपलब्धिमूलक रहोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछौँ।
फेरि भेटौँला

आर्थिक वर्ष:

//