FAQs Complain Problems

समाचार

SRC-6 काे पहुँच मार्ग निर्माणका लागि प्रदेश सरकार र बाेगटान गाउँपालिका बिच समझदारी

यस बोगटान फुड्सिल गाउँपालिका–७ खत्याडी देखि मोरासैन सम्मको सडक निर्माण गर्न गाउँपालिका र प्रदेश सरकारबिच समझदारी भएको छ । बिहीबार सुदूरपश्चिम प्रदेश सरकार भौतिक पुुर्वाधार विकास मन्त्रालय र बोगटान फुड्सिल गाउँपालिका बिच उक्त १५ किलोमिटर सडक निर्माण गर्न समझदारी भएको हो ।

सेती नदी–६ (एसआर–६) आयोजनालाई अगाडी बढाउन सहयोग पुर्‍याउने उद्देश्यले आयोजना स्थल सम्म पहुँच मार्ग निर्माण गर्न समझदारी भएको गाउँपालिकाका अध्यक्ष कमल बहादुर गड्सिलाले जानकारी दिए । पहुँच मार्गको ट्र्याक खोल्ने काम यसअघि बाटै सुरु गरिए पनि गाउँपालिकाको लगानीबाट मात्र निर्माण गर्न समय लाग्ने भएकाले प्रदेश सरकारसँग समझदारी गर्नु परेको अध्यक्ष गड्सिलाको भनाइ छ । सडक निर्माणको काम छिट्टै सुरु हुने उनले बताए ।

आर्थिक वर्ष:

गुगल नक्सा