FAQs Complain Problems

तारा *** नमुना विद्यालय घोषणा कार्यक्रम

बोगटान फुड्सिल गाउँपालिका–७ सुकाटीमा रहेको साउँटीमाण्डौँ आधारभुत विद्यालयलाई तिन तारे नमुना विद्यालय घोषणा गरिएको छ । वि.सं २०४० सालमा स्थापना भएको विद्यालयले विभिन्न १० सुचक पुरा गरेपछि सोमवार एक कार्यक्रमका बिच तिन तारे नमुना विद्यालय घोषण गरिएको हो । विद्यालयलाई तिन तारे नमुना विद्यालय घोषणा गरिए संगै विद्यालयमा तिन तार भएको झण्डा फहराइएको छ । ग्रामिण जलस्रोत व्यवस्थापन परियोजना (आरभिडब्लुआरएमपी) को सहयोमा विद्ययालयलाई तिनतारे नमुना विद्यालय घोषणा गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष केशव गड्सिलाले बताउनुभयो । दश सुचकमा खानेपानि, शौचालय, सफास्वच्छ हरियालि वातावरण, खानको स्वच्छतता, स्वाच्छता सुविधा, स्वच्छता शिक्षा, महिला स्वच्छता व्यवस्थापन, संस्थापन व्यवस्थापन, विपत जोखिम व्यवस्थापना, अनुगमन जवाफदेहिता रहेका छन् । डोटी जिल्लाकै पहिलो विद्यालयका रुपमा उक्त विद्यालयलाई तिन तारे नमुना विद्यालय घोषणा गरिएको दावि गरिएको छ । प्रमुख अतिथिको आसनबाट बोल्दै गाउँपालिकाका अध्यक्ष कमल बहादुर गड्सिलाले विद्यालयलाई पुरस्कार स्वरुप गाउँपालिकाको तर्फबाट एक लाख दिईने घोषणा गर्नुभयो । साथै अन्य विद्यालयहरुले पनि राम्रो काम गर्दै पुरस्कार प्राप्त गर्न आतुर रहन आग्रह गर्नुभयो । गाउँपालिकाका अध्यक्ष कमल बहादुर गड्सिला प्रमुख अथिति रहनुभएको कार्यक्रमको अध्यक्षमा साउँटीमाण्डौँ आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव गड्सिला, विशिष्ट अथितिमा बोगटान फुड्सिल गाउँपालिका–७ का वडा अध्यक्ष देव बहादुर बम रहनुभएको थियो । कार्यपालिका सदस्य शंकरमान सुनार, वडा सदस्यहरु, ग्रामिण जलस्रोत व्यवस्थापन परियोजनाका प्रतिनिधि लगाएत स्थानिय अभिभावक, शिक्षक विद्यार्थीको सहभागिता रहेको थियो । यस्तै गाउँपालिकाका अन्य ५ विद्यालयलाई पनि तिन तारे नमुना विद्यालय घोषणा गर्ने तयारी गरिरहेको ग्रामिण जलस्रोत व्यवस्थापन परियोजनाका फिल्ड संयोजक गिता जिसीले बताउनुभयो ।

 

 

आर्थिक वर्ष:

गुगल नक्सा